काठमाडौ, जेठ २० (हाकाहाकी)– अफ्रिकी मुलुक कंगोको इक्वाटियर प्रान्तमा प्राणघातक इबोला भाइरसको संक्रमण फैलिएको छ ।
कंगो को स्वास्थ्य मन्त्रालयले इक्वाटियर प्रान्त वाङ्गातामा इबोला संक्रमित छ जना फेला परेको जनाएको छ ।
क्रमित छ जनामध्ये चार जनाको मृत्यु भएको र दुई जना उपचारका क्रममा रहेको खबरमा उल्लेख छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा इबोलाको संक्रमण देखिएको हो ।
संगठनका महानिर्देशक टेड्रोस अधानोमले मानिसले सामना गर्नु परिरहेका संक्रामक एवं प्राणघातक रोगहरु कोविड–१९ मात्र नरहेको यसले पुष्टि गरेको बताउनु भएको छ ।
उहाँले कोविड–१९ महामारीका बारेमा हामी सबैको ध्यान गए पनि डब्लुएचओले मानव स्वास्थ्यमा जोखिम निम्त्याइरहेका अरु रोगतर्फ पनि ध्यान दिइरहेको बताउनु भयो । ।
सन् १९७६ मा पहिलोपटक इबोला देखिएदेखि हालसम्म यो एघारौं पटक देखिइसकेको छ । डब्लुएचओकी अफ्रिकाका लागि क्षेत्रीय स्वास्थ्य निर्देशक डा माट्सीडिसो मोएटीले
इबोला फैलिएको क्षेत्रमा विशेषज्ञ सहितको टोली पठाउन लागिएको पनि जानकारी दिनु भयो । विश्व स्वास्थ्य संगठनले कंगोमा इबोला देखिनुको अर्थ इबोला भाइरस कंगोका जंगली जनावरमा अद्यापी रहेको पुष्टि भएको जनाउको छ।