काठमाडौ, जेठ २० (हाकाहाकी)– सरकारले कोरोना भाइरसको महामारीको कारण लकडाउन भएपछि विदेशमा अड्िकएका नेपाली नागरिकको शव ल्याउने भएको छ ।
सरकारले विदेशमा अड्किएका नेपाली नागरिकसँगै रोजगारीको क्रममा मृत्युवरण गरेका नेपाली कामदारको शव पनि ल्याउने तयारी गरिएको हो ।
मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले स्वीकृत गरेको उक्त कार्ययोजनामा नेपाल फर्कन चाहने र विदेशमा रहेका नेपाली कामादारको शव ल्याइने विषय समेटिएको छ ।
नेपाल ल्याउनैपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश आउन सहजीकरण गर्ने आदेश २०७७ बमोजिम जहाज चार्टर्ड भएका बेला अलपत्र शव पनि ल्याउने तयारी गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालये जनाएको छ।
नेपालमा रहेका परिवारसँग सल्लाह गरी कोरोना भाइरसको कारणले मृत्यु भएकाको शवलाई विदेशमा दाहसंस्कार गर्ने व्यवस्था गरिएको छ।
साढे दुई महिनाको अवधिमा कोरोनासहित अन्य विविध कारणले खाडीका ६ देश मलेसिया, दक्षिण कोरिया लगायतका देशमा कार्यरत २ सय भन्दा बढी नेपालीले ज्यान गुमाएको छन्।
’विदेशबाट शव आएमा घरसम्म पुराउने ब्यबसथा गरएिका, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताउनुभयो ।
शव वाहन, चालक र विमानस्थलबाट लैजान त्यही अनुसारको तयारी गरिसकेको उहाँले जानकारी दिनुभयो ।