काठमाडौ, जेठ २० (हाकाहाकी)– पछिल्लो ६ महिनामा डेंगुका ८२ जना संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
हालसम्म २६ जिल्लामा डेंगु फैलिएको महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभएको छ । सबैभन्दा धेरै संक्रमित रुपन्देही जिल्लामा भेटिएको छ । त्यहाँ ३५ जना संक्रमित भेटिएको महाशाखाले जनाएको छ ।
रुपन्देहीपछि म्याग्दीमा १२, कास्कीमा १०, काठमाडौंमा ७, सुनसरी र ललितपुरमा ४÷४ जना डेंगुका संक्रमित भेटिएका छन् ।
कपिलवस्तु र मोरङमा ३÷३, बागलुङ, कैलाली, धनकुटा, नुवाकोट र धादिङमा २÷२ जना, मकवानपुर, गोरखा, तनहुँ, नवलपरासी, पाल्पा, नवलपरासी पश्चिम, डडेल्धुरा, बाँके, दाङ, रामेछाप, उदयपुर र झापामा १÷१ जना संक्रमित भेटिएको महाशाखाले जनाएको छ।
गत वर्ष महामारीको रुप लिएको डेंगुबाट ६८ जिल्लाका १६ हजार मानिस बिरामी भएका थिए। जसमध्ये ६ जनाको मृत्यु भएको थियो ।