Sunday, November 3, 2024

कोरोनाबाट गर्भवती र सुत्केरी महिला सबैभन्दा बढि जोखिममा

काठमाडौ, जेठ २० (हाकाहाकी)– गर्भवती र सुत्केरी महिला कोरोना महामारीको सबैभन्दा बढि जोखिममा छन् ।

नेपालमा कोरोनाका कारण ८ जनाको मृत्यु हुँदा पहिलो मृत्यु नै सुत्केरी महिलाको भएको थियो । सिन्धुपाल्चोककी सुत्ेकरी महिलाको कोरोनाका कारण मृत्यु भएको थियो ।

पछिल्लो समय धमाधम सुत्केरी तथा गर्भवतीमा कोरोना भाइरस पोजेटिभ देखीएका खबरहरु आइरहेका छन । बाँकेमा कोरोना जितेर सुत्केरी महिला घर फर्किएकी छिन् भने ललितपुरपमा पनि किष्ट अस्पतालमा सुत्केरी भएर घर फर्केकी एक सुत्केरीमा कोरोना भेटिएको छ ।

दैलेखमा एक जना गर्भवतीले क्वारेन्टाइनमै बच्चा समेत जन्माएकी छिन् । यी घटनाले गर्भवती र सुत्केरी महिलामा असर परेको छ उनीहरु अस्पताल जान समेत त्रसित भएका छन् । मंगलबार भेटीएको कोरोना संक्रमीतमा भक्तपुरको चाँगुनारायण नगरपालिकाकी एक गर्भवती रहेको खुलेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङको क्रममा चाँगुनारायण नगरपालिकाकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको हो ।
संक्रमित महिला वडा नं ३ की स्थायी बासिन्दा रहेको नगरपालिकाले जनाएको छ । वडाध्यक्ष श्यामसुन्दर धिमालका अनुसार उनी नियमित स्वास्थ्य जाँचका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज आउजाउ गर्ने गरेको खुलेको छ ।
चिकित्सकहरुले प्रसूतिका लागि असार १९ गतेको लागि समय दिएकाले १६ गते कोभिड परीक्षणका लागि स्बाव दिइएको र मंगलबार नतिजा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रतिनिधी सभाकी सांसद विन्दा पाण्डेले सुत्केरी र गर्भवती महिला कोरोनाबाट सबभन्दा बढि प्रभावित भएको बताइन । उनले लकडाउनले गर्दा समयमै उपचार गर्न नपाएर यस्ता महिलाको मृत्यु बढेको बताइन । ‘पुसमा १ जना मात्र महिलाको मृत्यु भएको थियो । चैत एक्कासी बढेर ५३ जनाको मृत्यु भयो’, पाण्डेले भनिन ।

उनले कोरोना सर्ने डर र सवारी साधन नपाएर यस्ता घटना भइरहेका छन् । त्यस्ता महिलालाई विशेष प्राथमिकतामा राखेर उपचार गर्नुपर्ने बताइन । पाण्डेले रेडियो सगरमाथासँग कुरा गर्दै गर्भवती र सुत्केरीले भोगिरहेका समस्याबारे सरकारको सम्बन्धित निकाय र समितिसँग छलफल गर्ने जानकारी दिइन ।

ताजा समाचार

सम्बन्धित समाचार