Sunday, November 3, 2024

कोरोनाबाट हालसम्म ८ जनाको मृत्यु

काठमाडौ, जेठ १८ (हाकाहाकी)– कोरोना संक्रमणका कारण आइतबारसम्म ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।

आइतबार दुई बर्षिय बालिकाको बाजुराको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या ८ पुगेको हो । शुक्रबार परीक्षणका लागि धनगढी पठाइएको उनको स्वाबको रिपोर्ट पोजेटिभ आएपछि कोरोना लागेको पुष्टि भएको हो । ती बालिका एक साता अघि आमाबुवासँग भारतको नयाँदिल्लीबाट आएकी थिइन ।

यसअघि शनिबार राती दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टाइनमा मृत्यु भएका युवकको स्वाब रिपोर्टपनि पोजेटिभ आएको थियो ।

यसैगरी जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका (९ का एक युवकको बाटोमै मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालामा स्वाब परीक्षण गर्दा हिजो मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
हिजो नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै ‍औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ । घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उहाँको आफन्तले सन्धिखर्क्स्थित गच्चे भन्ने स्थानमा गाडेका थिए ।

यसअघि ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षीय पुरुषको मृत्यु भएको थियो । किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचाररत रहेका उनको बुधबार मुत्यु भएको हो । यसअघि बारा, सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक–एकजनाको मृत्यु भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार