Tuesday, November 5, 2024

कोरोना संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौ, जेठ १८ (हाकाहाकी)– कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या १ हजार ५६७ पुगेको जानकारी दिनुभयो ।

संक्रमित हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना, बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौटहतका २९ जना, सर्लाहीका १० जना रहेको मन्त्रालयले जनाएको हो ।
संक्रमितमध्ये हालसम्म २ सय २० जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १जना डिस्चार्ज भएका हुन् । मकवानपुरकी महिला डिस्चार्ज भएर घर फर्किएकी हुन् । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १९ हजार १ सय ९२ रहेका छन् ।

आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ३ सय उन्चास जना रहेको छ । मन्त्रालयका अनुसार आजसम्म नेपालमा आरडिटी विधिबाट १ लाख ११हजार १०९ नमुना परीक्षण भएका छन् ।

पिसिआर विधिबाट भने हालसम्म ६९ हजार ५ सय ८२ परीक्षणहरु गरिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार