Tuesday, November 5, 2024

भक्तपुर अस्पतालको नयाँ भवनमा कोरानाको उपचार

काठमाडौ, (हाकाहाकी)– भक्तपुर अस्पतालमा निर्माण भएको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालन हुनेभएको छ ।
कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागमार्फत भक्तपुर अस्पतालमा निर्माण गरिएको नयाँ भवनमा अस्पताल सञ्चालनमा आउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिनुभयो ।

अन्तर्रा्ष्ट्रिय विकास विभाग (डिएफआइडी) को सहयोगमा निर्माण भएको भवन मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागले संयुक्त रुपमा हिजो नै अस्पताललाई हस्तान्तरण गरेको छ ।

एक करोड ८९ लाख १२ हजार ३१० को लागतमा निर्माण भएको यस भवनमा कोभिड अस्पताल छिट्टै सञ्चालन हुने अध्यक्ष सुवालले बताउनुभयो ।

अस्पतालको मेडिकल सुपरिटेन्डन्ट डा. सुमित्रा गौतमले ४८४ वर्गमिटरमा फैलिएको यो भवनमा छ शैयाको आइसीयू, छ शैयाको एनआइसीयू, २० शैयाको वार्ड, दुई आइसोलेसन वार्ड, शौचालय, मेडिकल स्टोरलगायत उपचारका अन्य कार्य सञ्चालनमा हुने जानकारी दिनुभयो ।

निर्माणसम्पन्न भएको भवनमा तत्कालै फर्निचर, श्ययालगायत आवश्यक सामग्रीको व्यवस्थापन गरी अबको केही दिनमै यो भवनमा बिरामी राख्ने गरी सञ्चालनमा ल्याउने उहाँको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार