कठमाडौ, (हाकाहाकी)– सरकारले लकडाउन जेठ ३२ गतेसम्म लब्याउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
यसैगरी असार १६ गतेसम्म सबै उडान बन्द गर्ने निर्णय पनि गरेको छ । विश्वव्यापी महामारी कोरोना फैलिन नदिन सरकारले ०७६ चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ ।
पहिलो चरणमा चैत ११ देखि १८ गतेसम्म लकडाउन गरिएको थियो । त्यसपछि थपेर चैत २५ सम्म पुर्याइयो । यसैगरी तेस्रो पटक थपेर बैशाख ३ गतेसम्म, चौथो पटक थपेर बैशाख १५ गते र पाँचौ पटक बैशाख २५ गतेसम्म, छैंठौ पटक थपेर जेठ ५ गतेसम्म, सातौ पटक थपेर जेठ २० गतेसम्म लकडाउन लम्बाइएको हो ।
सरकारले कोरोना संक्रमणको जोखिम लम्ब्याउन उच्च स्तरिय समितिले सिफारिस गरे अनुसार लकडाउन लब्याउदै आएको छ । सरकारका प्रवक्ता अर्थ तथा संचारमन्त्री युवराज खतिवडाले लकडाउनको मोडालिटी परिवर्तन गर्ने बिषयमा निर्णय गर्न यही समितिलाई जिम्मा दिएको बताए ।