Tuesday, November 5, 2024

कोरोनाका नयाँ संक्रमित देखिन थालेपछि कोरियामा पुनः विद्यालय बन्द गरियो

काठमाडौ, जेठ १६ (हाकाहाकी)– दक्षिण कोरियामा कोरोना भाइरसको नयाँ संक्रमित फेला पर्न थालेपछि सरकारले २ सय ५१ विद्यालय पुनः बन्द गरेको छ ।

संक्रमितको संख्या कम हुन थालेपछि केही दिन पहिले स्कुल खोलिएको थियो । २४ घन्टामा ५६ नयाँ संक्रमित फेला परेको बि.बि.सि ले जनाएको छ । त्यसभन्दा अघि ७९ नयाँ संक्रमित फेला परेका थिए । यो गएकोदुई महिनाको सबैभन्दा धेरै संक्रमितको संख्या हो।

यीमध्ये अधिक संख्या पश्चिम कोरियाको बुचनको एक डिष्ट्रिब्युसन सेन्टरमा पाइएको हो। बुचन धेरै जनसंख्या भएको क्षेत्र हो। यही कारण अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।
संक्रमणका कारण बुचना सहरको २ सय ५१ विद्यालय फेरि बन्द गर्न परेको हो। सयौं विद्यालयहरुले महामारीपछि खोल्ने योजना बनाएपछि अहिले धमाधम रद्द गर्न थालेका छन् । फेरि संक्रमितहरु देखापर्न थालेपछि कयौं प्रतिबन्धहरु फेरि सुरु भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार