Tuesday, November 5, 2024

चिनियाँ प्राविधिक टोली सगरमाथाको चुचुरोमा

काठमाडौ, जेठ १४ (हाकाहाकी)– सगरमाथाको उचाइ नाप्नका लागि चिनियाँ सर्भे टोली चुचुरोमा पुगेको छ ।

सगरमाथा आरोहण गर्ने तिब्बततर्फको बाटोबाट बुधबार बिहान चिनियाँ सर्भे टोली चुचुरोमा पुगेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । टोलीले यसअघि पनि विभिन्न चरणमा उचाइ मापनको काम गरिरहेको छ । नेपालले पनि अघिल्लो वर्ष सगरमाथाको शिखरसम्म पुगेर उचाइ नापेको थियो ।

विभिन्न ठाउँमा उचाइ नाप्ने यन्त्र जडान गरेर नापी विभागको टोली सगरमाथाको चुचुरोसम्म पुगेको थियो । अहिले मापनको तथ्याङ्क मिलाउने काम भइरहेको नापी विभागले बताएको छ । विभागले चिनियाँ पक्षले उचाइ नापिसकेपछि एकमुष्ट रुपमा उचाइ सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ रहेको छ । तर प्राकृतिक गतिविधिका कारण उचाइमा फेरबदल भएको हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ ।

ताजा समाचार

सम्बन्धित समाचार