काठमाडौ, जेठ १४ (हाकाहाकी)– आर्थिक वर्ष २०७७÷७८ को राजश्व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।
नेपालको संविधानमा हरेक बर्षको जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गर्नुभयो ।
बुधबारको बैठकमा सभामुख सापकोटाले सार्थक वार्ता र संवादका लागि सुझाव र अध्ययनका लागि गएको साउन २० मा गठित कार्यदलको अवधि संसद्को चालू अधिवेशनसम्म कायम हुने गरी गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । संयुक्त बैठकपछि भोलि साँझ ६ बजे प्रतिनिधिसभाको अर्काे बैठक बस्नेछ ।