Tuesday, November 5, 2024

सरकार श्रम बैंक अवधारणा ल्याउदै

काठमाडौ, जेठ १३ (हाकाहाकी)–कोरोना संक्रमपणले सिर्जना हुने बेरोजगारी दर उद्योग मार्फत व्यवस्थापन गर्न सरकारले श्रम बैंकको अवधारणा अघि बढाएको छ ।

सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यमा करिब २० लाख श्रमिकलाई रोजगार बनाउने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले श्रम बैंकको गठनबारे छलफल अघि बढाएको हो ।
नेपालको श्रम बजारमा हरेक वर्ष थपिने ६ लाख तथा कोरोनाका कारण जागिर गुमाएर विदेशबाट फर्किने समेतलाई व्यवस्थापन गर्नेगरी कम्तीमा १५ र बढीमा २० लाखलाई रोजगारी दिलाउन गहन छलफल थालिएको मन्त्रालयका उप–सचिव वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

सरकारले स्थापना गर्ने श्रम बैंकले बेरोजगार युवाको विवरण संकलन गर्ने, उनीहरूलाई आवश्यक प्रशिक्षण दिने र रोजगारदाताको आवश्यकता अनुसार श्रममा पठाउने उपसचिव बस्नेतले बताउनुभयो ।

निजी क्षेत्रको उद्योग कल कारखानामा पठाइने तर सीप सिक्दै गरेका यस्ता मजदुरको सुरुआती ६ महिना अवधिको पारिश्रमिक भने सरकारले नै ब्यहोर्ने मन्त्रालयले जनाएको छ । सरकारद्वारा स्थापना हुने श्रम बैंक कोषबाट उक्त व्यय पूर्ति हुनेछ । श्रम बैंकको अवधारणामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जोडिने मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार