काठमाडौ, जेठ १३ (हाकाहाकी)– कोरोना भाइरस बढिरहेको अवस्थामा धर्म, संस्कृति र भौगोलिक परिवेश अनुसारको रहनसहनमा ध्यान दिनुपर्ने सुझाव बौद्धिक वर्गले दिएको छ ।
नेपाल बौद्धिक मंचका अध्यक्ष डा.केवी रोकायाले संक्रमणबाट बच्न अन्य विकल्प र सावधानी अपनाउँदै धर्म संस्कृति अनुसार पूजा पाठ, ध्यान, प्रार्थना लगायत कार्य नियमित गर्न सुझाव दिनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य समेत रहनुभएका डा रोकायाले , विश्वका कतिपय मूलुकले कोरोनासँगजुध्दै आफ्ना आर्थिक गतिबिधी सन्चालन गरिसकेको बताउँदै नेपालले अब लकडाउनको विकल्प खोज्नुपर्ने स्पष्ट पार्नुभयो ।