काठमाडौ, जेठ १३ (हाकाहाकी)– स्वास्थ्य मन्त्री भानुभक्त ढकालको दोस्रो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना संक्रमित दुईजनासँग भेट गरेपछि मन्त्री ढकालको आइतबार स्वाव निकालेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले बताउनुभयो ।
मन्त्री ढकालगएको बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएकी मकवानपुरकी ५४ वर्षीय महिलालाई भेट्न पुग्नुभएको थियो ।
त्रिवि अस्पतालमा रहेकी ती बिरामीलाई कोरोना पोजिटिभ देखिएपछि मन्त्री ढकालको आइतबार फेरीनमूना लिई परीक्षण गरिएको हो ।
कोरोना परीक्षणका लागि आइतबार मन्त्री ढकालको गरिएको स्वाब परीक्षणमा नतिजा नेगेटिभ आएकोसचिव कोइरालाले जानकारी दिनुभएको हो ।
स्वास्थ्य मन्त्री ढकालका प्रेस सल्लाहकार माधवराज तिवारीले पनि आइतबार मन्त्रीसहित १४० जना जतिको कोरोना परीक्षण गरेको र सबैको नतिजा नेगेटिभ आएको बताउनुभएको छ ।