काठमाडौ, जेठ १३ (हाकाहाकी)– रुसमा कोरोना भाइरसको कारण एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च बनेको छ ।
रुसले मंगलबार दिएको आधिकारिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७४ पुगेको हो । यससँगै रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार ८०७ पुगेको छ ।
त्यस्तै रुसमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका आठ हजार ९१५ नयाँ संक्रमित फेला परेका छन् । यससँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ६२ हजार ३४२ पुगेको अन्तराष्टिय समाचार संस्था रोयटर्सले जनाएको छ । संक्रमित संख्याको हिसाबमा रुस अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।