काठमाडौ, जेठ १२ (हाकाहाकी)– विश्वभर एक सयभन्दा बढी कोभिड १९ विरुद्धका खोपहरु विकास भइरहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ।
यीमध्ये आठ खोप मानिसमा परीक्षण गरिएको छ । चीनमा परीक्षण गरिएको खोपले सकारात्मक नतिजा दिएको खबरहरु पनि आएका छन ्। यसैबीच, थाइल्याण्डले पनि कोरोनाविरुद्धको खोप विकास गरिरहेको छ।
थाइल्याण्डले कोरोनाविरुद्ध निर्माण गरेको खोप बाँदरमा परीक्षण गर्न सुरुवात गरेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
थाइल्याण्डले सबैको पहुँचका लागि सस्तो खोप निर्माण गरिरहेको छ र उक्त खोप सन् २०२१ सम्ममा तयार हुने अपेक्षा गरिएको छ।
नेसनल प्रिमेट रिसर्च सेन्टर फर थाइल्याण्डका निर्देशक डाक्टर सुचिन्दा मलाइ भितिजतोन्दका अनुसार अहिले १३ वटा बाँदरमा कोरोनाविरुद्धको खोप परीक्षण गर्न सुरुवात गरिएको छ।
मुसामा कोरोनाविरुद्धको खोप प्रभावकारी सावित भएपछि बाँदरमा परीक्षण थालेको बताइएको छ। बाँदरमा पनि खोपको परीक्षण नतिजा सकारात्मक आए मानिसमा खोप परीक्षण गरिने डाक्टर सुचिन्दाको भनाइ छ।