Wednesday, November 6, 2024

शिक्षण अस्पतालमा सोमबारदेखि पीसीआर परीक्षण सुरु

काठमाडौ, जेठ १२ (हाकाहाकी)– त्रिवि शिक्षण अस्पतालमा सोमबारदेखि पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ । शिक्षण अस्पतालमा रहेको पीसीआर मेसिन लामो समयदेखि बिग्रिएका कारण सेवा सुरु भएको थिएन ।

कीर्तिपुरमा रहेको माइक्रोबायोलोजी विभागको ट्रफल रिसर्च प्रोगाममा रहेको पीसीआर मेसिन महाराजगञ्जमा सारेर सेवा सुरु गर्न लागिएको हो । कीर्तिपुरकै टोलीले ८ दिन लगाएर ल्याब तयार पारेको हो ।

विश्वविद्यालयको उपकुलपतिको मौखिक निर्देशनमा ल्याब तयार पारिएको र दक्ष जनशक्ति पनि ल्याबमा खटाएको त्रिवि माइक्रोबायोलोजी विभागका आनुवाशिंक विज्ञ डा. गिरिराज त्रिपाठीले बताउनुभयो । मेसिन स्थानान्तरणपछि प्राविधिक कमिटी गठनसमेत गरेसँगै परीक्षण सुरु गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले समेत अनुमति दिइसकेको छ । एक पटकमा ९६ नमूनाका परीक्षण गर्नसक्ने मेसिनमा कम्तीमा २४ वटा नमूना जम्मा हुनासाथ परीक्षण थाल्ने नियम बनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार