Wednesday, November 6, 2024

सोमबार थप ७९ जना संक्रमित, १४ जना घर फर्किए

काठमाडौ, जेठ १२ (हाकाहाकी)– सोमबार थप ७९ जना कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् । यो सँगै संक्रमितको संख्या ६८२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा ३, धनुषामा ३, कपिलवस्तुमा ३, बारामा २५, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा ४, बाँकेमा ४ र दैलेखमा ७, अछाममा १ र पर्सामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी विभिन्न स्थानका आइसोलसनमा उपचाररत १४ जना बिरामी निको भएर आफ्नो घर फर्किएका छन् । अहिले सम्म निको भएर घर फर्किएका व्यक्तिको संख्या ११२ पुगेको छ ।
यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

विरगंजको नेशनल मेडिकल कलेजमा गत जेठ ४ गते मृत्यु भएका बाराका ७० बर्षिय वृद्धको स्वाब रिपोर्ट पोजेटिभएका आएको मन्त्रालयले जनाएको छ । उनको मृत्यु कोरोनाबाटै भएको पुष्टि गरेको छ ।

यसअघि सिन्धुपाल्चोककी एक सूत्केरी महिला, बाँके नरैनापुरका पुरुष र गुल्मीका पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । यो कोरोना संक्रमणबाट नेपालमा ४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ९ सय ४ र आरडिटी विधिबाट ५ हजार १ सय ६६ वटा नमुना परीक्षण भएका छन् । सोमबार सम्म पीसीआर विधिबाट ५१ हजार ६ सय ४२ र आरडिटी विधिबाट ९५ हजार १ सय ९२ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार