Wednesday, November 6, 2024

अव्यवस्थित क्वारेन्टाइनले जोखिम बढ्न सक्ने

काठमाडौ, जेठ ११ (हाकाहाकी)– सीमावर्ती भारतीय नाका नजिकै बनाइएका क्वारेन्टाईन ब्यवस्थित हुन नसक्दा धेरै जोखिमको संभावना देखिएको छ ।

ती नाकाबाट आवश्यक जाँच र परिक्षण बिनै हजारौँ नेपाली स्वदेश भित्रिएपछि, उचित ब्यवस्थापन नभएका क्बारेन्टाइनमा संक्रमणको जोखिम थपिएको जनस्वास्थ्यविद्को भनाई छ ।
कति क्बारेन्टाइन ब्यवस्थित नहुँदा कोरोना मात्र नभई अरु स्वास्थ्य समस्या पनि देखीने खतरा भएको छ । सीमावर्ती नेपालभित्रको क्वारेन्टाइन होस् या सिमा वाहिरको भारतीय क्वारेन्टाइनमै नेपालीको ज्यान गएको छ ।

खाना, पिउने पानी, शौचालय र सामाजिक दुरी कायम गरेर बस्ने स्थान पनि नभएको स्थानलाई, क्बारेन्टाइन बनाउँदा समस्या थपिएको जनस्वास्थ्यविद् डा समिरमणि दिक्षीतले जानकारी दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार