काठमाडौ, जेठ ११ (हाकाहाकी)– देशका अधिकांश स्थानमा केही दिन तापक्रम वृद्धि हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी केही दिन लगातार घाम लाग्ने भएकाले विशेष गरी तपाईका क्षेत्रमा अत्याधिक गर्मी हुने मौसमविदले बताएका छन् । केही दिनमा दिपायल, धनगढीसहितका क्षेत्रको तापक्रम ४० डिग्री वा त्यो भन्दा माथि पुग्न सक्ने देखिएको छ ।
अबको केही दिन पानी पार्ने खासै ठूलो प्रणाली नभएकोले विषेश गरि तराईका भू–भागमा तापक्रम केही बढ्ने मौसमविदले जानकारी दिएका हुन । गर्मीमा कोरोना महामारीको जोखिम बढ्न सक्ने भन्दै सचेतता अपनाउन महाशाखाले आग्रह गरेको छ ।