काठमाडौ, जेठ ११ (हाकाहाकी)– चीनले कोभिड–१९ विरूद्धको सङ्घर्षसँगै यसले विश्व अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनिकरण गर्ने विभिन्न उपायहरु अघि सार्ने बताएको छ । चीनले विभिन्न ५ कुटनीतिक पहलहरु अघि अघि सार्ने जनाएको छ ।
चिनियाँ राज्य परिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले आइतबारको नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो ।
वाङको यो भनाई चिनियाँ संसदको वार्षिक राष्ट्रिय अधिवेशन चलिरहेका समय आएको बताइएको छ । वाङका अनुसार चीनले सन् २०२० का प्राथमिकतामा को कुटनीति घरेलु विकासलाई प्रोत्साहन, राष्ट्रिय चासोहरूको सुरक्षा, अन्य साझेदार मुलुकहरूसँगको मित्रतालाई थप प्रगाढ बनाउने, बहुपक्षीयतामा कडा अडान र अन्तर्रा्ष्ट्रिय समन्वयलाई कोरोनाविरूद्धको लडाईसँगै सक्रियतासाथ विस्तार गर्ने नीति लिइने जनाइएको छ ।
साथै महामारीको अवधिमा चीन–पाकिस्तान आर्थिक करिडोर उर्जा परियोजना, चीन यूरोप रेललगायत ‘बेल्ट एण्ड रोड’ बीआरआईसम्बन्धी पूर्वाधार निर्माण परियोजना तथा जनताको जीवनसँग घनिष्ट सम्बन्ध भएका परियोजनाहरूले महामारी प्रतिरोधका महत्वपूर्ण भूमिकालाई अघि बढाइने समेत उल्लेख छ ।