Wednesday, November 6, 2024

भक्तपुर नगरपालिकाकी जनप्रतिनिधीमा कोरोना, उनी बस्ने क्षेत्र सिल

काठमाडौ, जेठ १० (हाकाहाकी)– भक्तपुर नगरपालिका वडा नम्बर ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा पिसिआर परीक्षणमा कोरोना सक्रमण भएपछि जनप्रतिनिधि बस्ने बस्ती सिल गरिएको छ ।

भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गएको ६ गते स्वाब सङ्कलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलाको स्वाब सङ्कलन गरी भक्तपुर अस्पतालमार्फत टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा पठाइएको थियो ।
प्रयोगशालामा भएको परीक्षणको नतिजामा कोरोना पोजेटिभ आएपछि आज प्रहरीको टोलीले महिला जनप्रतिनिधि बस्ने भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रह्मायणी जाने सडकको मालपोत कार्यालय क्षेत्र आसपासका १८ घर रहेको बस्ती सिल गरेकोे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।

सङ्क्रमित महिलालाइ नगरपालिकाका अन्य जनप्रतिनिधि र प्रहरीको आग्रहमा पाटन अस्पतालको आइसोलोशनमा लगिएको बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार