काठमाडौ, जेठ ७ (हाकाहाकी)– विश्व फुटबलको सर्वोच्च निकाय फिफा कंग्रेसको बैठक सेप्टेम्बर १८ मा बस्ने टुङ्गो लागेको छ ।
कोरोना भाईरसका कारण जुन ५ मा निर्धारण गरिएको फिफा कंग्रेस तीन महिना पछाडी सारिएको थियो ।
फिफाले ७० औं कंंग्रेस बैठक जुन ५ बाट सारेर सेप्टेम्बर १८ मा लगेको थियो । बैठक ईथोपियाको अदीस अबाबामा बस्ने पक्का गरिएको थियो ।
कोरोनाका कारण बिग्रदो स्वास्थ्य अवस्था र ह्वाई उडानमा अधिकांश देशले लगाएको प्रतिबन्धले बैठक सार्नु परेको फिफाले जनाएको थियो ।
तर फिफाले अब सेप्टेम्बर १८ को निर्धारण गरेको मितिमै फिफा कंग्रेस बैठकको आयोजना गर्ने पक्का गरेको छ । फिफाले आफ्ना बार्षिक कार्यक्रम पारित गर्नुपर्ने भएकाले सेप्टेम्बर १८ मै बैठक आयोजना गर्ने भएको हो । सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले फिफाले भिडियो कन्फ्रेन्समार्फत साधारण सभा आयोजनाको तयारी गरेको छ ।