Wednesday, November 6, 2024

नेपाल एयरलाइन्सको तेस्रो अष्ट्रेलिया उडान

काठमाडौ, जेठ ७ (हाकाहाकी)– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तेस्रो पटक अष्ट्रेलियाको चार्टर्ड उडान गर्ने भएको छ ।

निगमको वाइडबडी ए–३३० जहाजले आउने जेठ २३ गते अष्ट्रेलियाको राजधानी क्यान्बेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ । नेपालस्थित अष्ट्रेलियन दूतावासले निगमको वाइडबडी जहाज चार्टर्ड गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेठ २३ गते क्यानबेरामा निगमको वाइडबडी जहाजले चार्टर्ड उडान गर्ने निश्चित भएको छ । नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्यूजील्याण्डका नागरिक र छुट्टीमा आएका पिआर होल्डर नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले जहाज चार्र्टर्ड गरी लैजान लागेको हो । यस्तै, निगमको वाइडबडी जहाजले आउने जेठ ९ गते जापानमा र जेठ ११ गते हङकङमा पनि चार्टर्ड उडान गर्ने कार्यतालिका बनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार