काठमाडौ, जेठ ७ (हाकाहाकी)– कोरोना भाइरस महामारीका कारण ६ करोड मानिस चरम गरिबीको जोखिममा परेको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकका प्रमुख डेभिड मालपासले करोडौं मानिसहरु चरम गरिबीको जोखिममा रहेको बताउनुभएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
डेभिडले कोरोनाको प्रकोप झेलिरहेकाले विश्वको आर्थिक वृद्धिदरमा ५ प्रतिशतले कमी आउने पनि बताउनुभएको छ । कोरोनाको प्रकोपपछि विश्वभर लाखौं मानिसले रोजगारी गुमाएका छन् ।
कतिपय व्यापार टाट पल्टिएकोले गर्दा गरिब राष्ट्रहरु ठूलो मारका परेका विश्व बैंकले जनाएको छ । एक दिनमा १.९ अमेरिकी डलरभन्दा कम आम्दानी गर्ने व्यक्तिको अवस्थालाई विश्व बैंकले चरम गरिबी भन्ने गरेको छ।