काठमाडौ, जेठ ६ (हाकाहाकी)– बंगालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ ।
यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफनो शक्ति बटुलेर अघि बढेको छ । यो चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुँदै नेपाल प्रवेश गर्ने महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले रेडियो सगरमाथालाई बताउनुभएको छ ।