Wednesday, November 6, 2024

अर्घाखाँचाीका सिमा नाका सिल

काठमाडौ, जेठ ६ (हकाहाकी)– छिमेकी जिल्लाहरुमा कोरोना भाइरसका बिरामीहरु बढ्दै गएपछि अर्घाखाँचीमा उच्च सर्तकता अपनाउँदै जिल्लाका सीमा नाका सिल गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले अर्घाखाँचीसँग जोडिएका सबै नाकाहरु अर्को निर्णय नभएसम्मका लागि सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो ।

यस्तै बैठकले अर्को व्यवस्था नभएसम्म वित्तीय संस्था पनि बन्द गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकले तरकारी, दूध, किराना, मासु पसललगायत बिहान ७ देखि १० बजेसम्म र बेलुका ५ बजे देखि ७ बजेसम्म मात्र खोल्ने निर्णय गरेको छ । साथै लकडाउनलाई थप कडाइ गर्ने पनि जनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार