Wednesday, November 6, 2024

स्वास्थ्य संस्थाले तोकेको शूल्कमा पीसीआर परीक्षण गर्न पाइने

काठमाडौ, जेठ ६ (हाकाहाकी)– स्वास्थ्य तथा जनसख्या मन्त्रालयले अब कोरोनाको लक्षण नदेखिए पनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने जानकारी दिएको छ ।

मन्त्रालयको नियमित व्रिफिङका क्रममा मंगलबार प्रवक्ता विकास देवकोटाले स्वेच्छाले पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दरमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको जानकारी दिनुभयो ।

सरकारले प्रदेश नम्बर २ र ५ का प्रभावित क्षेत्रलाई केन्द्रीत गरी कम्तिमा १०÷१० जना चिकित्सको टोली खटाउने निर्णय पनि गरेको छ ।

उहाँले गत २४ घण्टामा २ हजार २ सय ४० सहित अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ जनाको नमुना परीक्षण गरिएको जानकारी दिनुभयो ।

गत २४ घण्टामा ५ हजार ८९ सहित अहिलेसम्म ७४ हजार ६ सय ४९ वटा आरडिटी परीक्षण भएका छन् । मन्त्रालयका अनुसार उपत्यकामा १७ र बाहिर ४ सय ४० जना गरी कुल ४ सय ५७ जना आइसोलेसनमा रहेका छन् । यस्तै अहिले देशभरीका क्वारेन्टाइनमा २१ हजार ६ सय २३ जना रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार