काठमाडौ, जेठ ५ (हाकाहाकी)–चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसले पुर्याएको क्षतिसँग लड्न २ अर्ब अमेरिकी डलर अन्तर्रा्ष्ट्रिय सहायता प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
कोरोनाका कारण विश्वभरका राष्ट्रको आर्थिक र सामाजिक विकासमा धक्का पुगेको छ । विकासउन्मुख राष्ट्र कोरोनाबाट झनै प्रभावित भएकाले यो सहायता विशेषगरी त्यस्ता राष्ट्रले पाउने राष्ट्रपतिसीलेलाई उदृत गर्दै सिन्ह्वा समाचार संस्थाले जनाएको छ । दुईवर्षको अवधिमा यस सहायता प्रदान गरिने छ ।
राष्ट्रपतिसीले ७३ औं विश्व स्वास्थ्य सम्मेलनका क्रममा कोरोना भाइरसको विषयलाई अतिरन्जित नबनाउन र यसबारेमा वैज्ञानिक अध्ययन जरुरी भएको पनि बताउनुभएको छ । पछिल्लो समय अमेरिकाले कोरोना भाइरस चीनको प्रयोगशालामा निर्माण भएको हुनसक्ने आशंका व्यक्त गर्दै आएको छ।