Wednesday, November 6, 2024

बंगाल खाडीको चक्रवातबाट सर्तक रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौ, जेठ ५ (हाकाहाकी)– बंगालको खाडीमा अम्पुन नामको शक्तिशाली चक्रवात बनिसकेको र त्यो अझ शक्तिशाली बन्ने क्रममा रहेको भन्दै नेपालीलाई पनि होसियारी अपनाउन यहाँको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
सोमबार बिहान दोस्रोपटक विशेष मौसमी बुलेटिन जारी गर्दै महाशाखाले त्यसको प्रभावले देशभर वर्षा तथा हिमपात गराउने सम्भावना रहेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो ।
हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अम्पुन चक्रवातका रुपमा विकसित भैसकेका छन् । त्यो चक्रवात अझ शक्तिशाली हुने क्रममा भोलिदेखि पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २÷३ दिनसम्म देशैभर बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार