Wednesday, November 6, 2024

शिक्षण अस्पतालका १६१ जनाको स्वाब संकलन

काठमाडौ, जेठ ५ (हाकाहाकी)– त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माएकी सिन्धुपाल्चोककी एक महिनाको मृत्यु कोरोनाबाट भएपछि अस्पतालका चिकित्सकसहित १ सय ६१ जनाको स्वाब संकलन गरिएको छ ।

गत बिहीबार ती महिलाको मृत्यु भएपनि कोरोना संक्रमणका कारण भएको पुष्टि शनिबार भएको हो ।

मृतक महिलाको सम्पर्कमा भएका चिकित्सकको स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । अस्पतालका डाक्टर, नर्स र अन्य कर्मचारी गरी १ सय ६१ को कोरोना परीक्षण गर्न लागिएको अस्पतालको कोरोना व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले बताउनुभएको छ ।

आइतबार १०१ जनाको र सोमबार ६० जनाको स्वाब संकलन गरिएको हो । उनीहरु कसैको पनि रिपोर्ट आइसकेको छैन । यसअघि त्यही अस्पतालमा उपचाररत एक बालिकामा कोरोना संक्रमण देखिएपछि अस्पतालका स्वास्थ्यकर्मी र बिरामीका आफन्तको स्वाब संकलन गर्दा कसैमा पनि कोरोना संक्रमण देखिएको थिएन ।

ताजा समाचार

सम्बन्धित समाचार