Friday, September 20, 2024

ललितपुर महानगरले ल्याउने भयो विद्युतीय बस

काठमाडौं – ललितपुर महानगरपालिकाले विद्युतीय बस सञ्चालनको तयारी थालेको छ ।

विद्युतीय सवारी वातावरणमैत्री हुने भन्दै महानगरले आगामी आर्थिक वर्ष २०७५/७६ भित्रै सार्वजनिक–साझेदारी (पीपीपी) मोडलमार्फत् बस सञ्चालनको गृहकार्य थालेको हो ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले पीपीपी मोडलमार्फ्त विद्युतीय बस चलाउन कम्पनीले प्रस्ताव गरेको जानकारी दिए । उनका अनुसार केही कम्पनीले सम्पूर्ण लगानी गर्ने बताएका छन् भने केहीले साझेदारीमा बस चलाउने बताएको महर्जनले जनाए ।

‘विद्युतीय बस वातावरणमैत्री पनि हुन्छ र अर्को महत्वपूर्ण कुरा आफ्नै देशको विद्युत खपत गर्नु हो,’ प्रवक्ता महर्जनले भने ।
कहिलेबाट सञ्चालन आउने, कति वटा बस सञ्चालन गर्न भन्ने विषयमा पीपीपी कार्यसमितिमा छलफल भैरहेको उनले बताए ।

पछिल्लो समय नेपालमा वायु प्रदूषण जनस्वास्थ्य समस्या बनिरहेका बेला ललितपुर महानगरले विद्युतीय सवारी चलाउने योजना अघि सारेको हो ।

वन तथा वातावरण मन्त्रालयले वि.स.२०७५ बैशाखमा सार्वजनिक गरेको वातावरणको वर्तमान अवस्थाबारेको स्थितिपत्रमा वायू प्रदूषणमा सवारी साधनको ३७ प्रतिशत भूमिका रहेको उल्लेख छ ।

यातायात व्यवस्था विभागका अनुसार नेपालमा कुल ३० लाख ८ हजार १ सय ९ सवारी साधनमध्ये २३ लाख ७२ हजार ३ सय १६ मोटरसाइकल रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार