Wednesday, November 6, 2024

सैनिक पोशाकमा सवारी चलाउनेलाई चेकजाँच गरिने

काठमाडौ, जेठ ४ (हाकाहाकी)– नेपाली सेनाले सैनिक पोसाक लगाएर सवारी चलाउनेहरुको चेकजाँच थालेको छ ।
अवकाश प्राप्त सैनिक तथा सर्वसाधारण समेत सैनिक पोशाकमा सडकमा निस्किन थालेपछि जंगीअड्डाले सडकमा चेकजाँच थालेको हो ।

जंगीअड्डाको उच्च तहको निर्देशनमा सैनिक प्रहरी गणले उपत्यकाका विभिन्न स्थानमा टोली पठाएर छड्के जाँच गर्न थालेको हो ।

जंगीअड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेले पनि विभिन्न स्थानमा सैनिक प्रहरी परिचालित गरिएको पुष्टि गरे ।

उहाँले आज महाराजगञ्ज क्षेत्रमा खटिएको टोलीले सैनिक पोशाक लगाएर होटल चलाउने व्यक्तिलाई पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ । यस्तै अन्य केही शंकास्पद व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको सैनिक स्रोतको दाबी छ ।

लकडाउनको समयमा अवकाश प्राप्त सैनिक अधिकृत पनि पद वहालीमा रहँदाको पोशाक लगाएर बाहिर निस्किने गरेको सूचना जंगीअड्डासम्म पुगेको छ । सैनिक पोशाकमा हिँडेपछि चेकजाँच नहुने भएकाले दुरुपयोग बढेको हो ।

सेनाले काठमाडौँ उपत्यकाको नयाँबानेश्वर, महाराजगञ्ज, कालिमाटी र थापाथलीमा सैनिक प्रहरी खटाइएको छ । सैनिक गैरसैनिकले सैनिक पोशाक लगाएर चलाइएका सवारी साधन नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाउने छ ।

ताजा समाचार

सम्बन्धित समाचार