काठमाडौ, जेठ ४ (हाकाहाकी)–नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडवडी विमान भोलि चीन जाने भएको छ ।
पहिलो लटको सामग्रीको भन्सार प्रक्रिया पुरा भएर ग्वान्झाओमा तयार भएपछि भोलि साँझ वाइडबडी जान लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो।
उहाँकाअनुसार पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनसल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन९५ मास्क, ग्लोब्स लगायतका सामाग्री यो लटमा आउने छ ।