Wednesday, November 6, 2024

काठमाडौ टोखा नपाको वडा न ९ सिल

काठमाडौ, जेठ ४ (हाकाहाकी)– कोरोना भाइरसका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोक राम्चेकी महिला सुत्केरी हुनुपूर्व बस्दै आएको टोखा नगरपालिका वडा नम्बर ९ लाई सिल गरिएको छ।

सिल गरिएको त्यस क्षेत्रमा स्वास्थ्य मन्त्रालयको टोली स्वाब संकलन गर्न जाँदैछ।

कोरोनाका कारण ज्यान गुमाएकी ती महिला काठमाडौंमा बस्दै आएको घरका मानिस र मृतक महिलाका मामालीको स्वाब संकलनका लागि स्वास्थ्य मन्त्रालयको टाली आउन लागेको टोखा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जेपी नेपालले बताउनुभयो।

उहाँले पहिलो चरणमा १७ जनाको स्वाब संकलन गर्ने तयारी रहेको नेपालले जानकारी दिनुभयो।

सुरुमा मृतक महिलाको मामालीतर्फका ५ जना र १२ जना घरबेटी र अन्य डेरागरि बस्नेहरुको स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाउन लागेको हो

स्वाब संकलन गरिएकाको रिपोर्ट आएपछि दोस्रो चरणमा अन्य छिमेकीहरुको र टोलका सम्भावितहरुको परीक्षण गरिने नेपालले बताउनुभयो।

ताजा समाचार

सम्बन्धित समाचार