Wednesday, November 6, 2024

वीरगञ्जमा ९६ संक्रमित उपचाररत

काठमाडौ, जेठ ४ (हाकाहाकी)– कोरोना संक्रमणको हटस्पट वीरगञ्जमा ९६ जना कोरोना संक्रमित उपचाररत छन् ।
उनीहरुलाई वीरगञ्जस्थित नारायणी अस्पताल र सिद्धार्थ माविको आइसोलेसनमा राखिएको छ । नारायणी अस्पतालका डा. उदयनारायण सिंहका अनुसार नारायणी अस्पतालमा ७१ जना कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये ६३ जना पुरुष र ८ जना महिला छन् ।

यस्तै सिद्धार्थ माविमा बनाइएको आइसोलेसन कक्षमा २५ जना संक्रमित रहेको डा. सिंहले बताउनुभयो । जसमध्ये २ जना बालकसहित १७ जना पुरुष र ८ जना महिला रहेका छन् ।
पछिल्लो समय नारायणी अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप बढेपछि सिद्धार्थ माविलाई सेमी आइसोलेसन वार्ड बनाइएको थियो । यस्तै गण्डक अस्पताललाई पनि कोभिड अस्पतालमा रुपान्तरण गरिएको छ । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले नारायणी अस्पतालको प्रशासनलाई गण्डक अस्पताल हस्तान्तरण समेत गरिसकेका छन् । गण्डकी अस्पतालमा ७० बेडको आइसोलेसन कक्ष तयार गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार