काठमाडौ, जेठ ४ (हाकाहाकी)–निजी तथा सामुदायिक स्वास्थ्य संस्थाले पनि अब शुल्क लिएर आरडीटी परीक्षण गर्न पाउने भएका छन् ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको नयाँ निर्दे्शिकाले निजी र सामुदायिक अस्पताललाई पनि परीक्षण गर्न दिने बाटो खोलेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा निर्दे्शिका अनुसार निजी स्वास्थ्य संस्थाले आरडीटी गर्न सक्ने बताउनुभएको हो ।
अस्पतालले उपत्यकामा स्वास्थ्य सेवा विभागबाट र उपत्यकाबाहिर स्वास्थ्य निर्देशनालयबाट अनुमति लिन पाउने भएका छन् । आरडीटी अस्पताल प्रयोजनका लागि मात्रै हुने प्रवक्ता देवकोटाले बताउनुभयो । उहाँका अनुसार हरेक दिन अस्पतलाहरुले सरकारलाई आरडीटीको तथ्यांक उपलब्ध गराउनु पर्नेछ। आरडीटी पोजेटिभ आएमा पीसीआरका लागि रिफर गर्नु पर्नेछ ।