काठमाडौ, जेठ ४ (हाकाहाकी)– नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट आइतबार दोस्रो व्यक्तिको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । उनको मृत्यु कोरोनाकै कारणले भएको मन्त्रालयले पुष्टि गरेको हो ।
मृतक व्यक्ति वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे उनको मृत्यु भएको हो ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । बिहीबार राती धूलिखेल अस्पतालमा कोरोनाबाट संक्रमित सिन्धुपाल्चोककी ९ दिनकी सुत्केरीको निधन भएको हो ।