Wednesday, November 6, 2024

भारतबाट आइरहेका तरकारी र फलफुलमा कोरोना र बिषादी परीक्षण गर: सर्वोच्च अदालत

काठमाडौ, जेठ ४ (हाकाहाकी)– सर्वोच्च अदालतले भारतबाट आयात भइरहेका तरकारी तथा फलफुल कोरोना र विषादी परीक्षण नगरी नभित्राउन आदेश दिएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरि फुयाँलको इजलाशले उक्त आदेश दिएको हो ।

अधिवक्ता मणिराम उपाध्यायसहितले भारतमा कोरोनाको महामारी फैलिएको तर नेपालमा तरकारी र फलफुल निर्वाध रुमपा आयात भएकाले रोक्न अन्तरिम आदेशको माग गरेका थिए । भारतबाट भित्रने तरकारीमा कोरोना र विषादी परीक्षण भइरहेका ेछैन, त्यसैले यस्ता तरकारीको आयातमा तत्काल रोक लगाउनुपर्ने रिटमा जिकीर गरिएको थियो ।

आदेशमा संभव भएसम्म फलफुल तथा तरकारीको परीक्षण गर्ने व्यवस्था मिलाउन भनिएको छ । रिटमा आन्तरिक उत्पादन हुने तरकारीहरु कुहिएर बारीमा खेर गएको र कोरोनाको महामारी भएको समयमा अन्य देशबाट तरकारी ल्याउनु जोखिमयुक्त भएको रिटमा जिकीर गरिएको थियो।

सर्वोच्चले आन्तरिक उत्पादनहरु उपभोक्तासम्म पु¥याउने व्यवस्था गर्न पनि सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण र कोरोना परीक्षण भए नभएको बारेमा अदालतलाई जानकारी गराउन यसअघि नै आदेश दिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार