काठमाडौ, जेठ ३ (हाकाहाकी)– कोरोना भाइरसको संक्रमणबाट बच्न प्रतिनिधिसभामा सांसदहरुले सिट फेरेर बस्न नपाउने भएका छन ्।
बैठकको सुरुमा जुन सिटमा बसेको हो अन्त्यसम्म त्यही सिटमा बस्नु पर्ने नियम कार्यव्यवस्था परामर्श समितिले बनाएको हो ।
नीति कार्यक्रममाथि भोली र पर्सि छलफल गर्ने निर्णय गर्दै कार्यव्यवस्था परामर्श समितिले सिट फेरर नबस्न सांसदहरुलाई आग्रह गर्ने निर्णय गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिनुभयो ।
नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते दिने कार्यतालिका बनाइएको छ।
यसअघि सचिवालयले तोकेता गर्दा पनि सांसदहरुले अवज्ञा गरेपछि फेरि ध्यानाकर्षण गराइने भएको हो।
संसदमा नीति तथा कार्यक्रममाथिको छलफल जतिसक्यो छोटो र छरितो बनाउने, कोरोनाबाट बच्न सावधानीका उपाय अबलम्बन गर्ने निर्णय गरेको छ।