काठमाडौ, जेठ ३ (हाकाहाकी)– नेपालमा कोरोनाका कारण पहिलो पटक एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वार्ड न.९ की २९ वर्षीया महिलाको मृत्यु भएको हो । मन्त्रालयले शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै यसको पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार ती महिला गएको वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई २४ वैशाख गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् । सुत्केरीपछि ती महिलालाई २५ गते घर पठाइएको थियो ।
घरमा गएपछि ज्वरो, स्वासप्रश्वास जस्ता समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गराएकी महिलाको स्थिति जटिल बन्दै जाँदा धुलिखेल अस्पताल आउँदै गर्दा मृत्यु भएको मन्त्रालयका प्रवक्ता. डा. देवकोटाले जानकारी दिनुभयो ।