काठमाडौ, जेठ ३ (हाकाहाकी)– भारतको मध्य प्रदेशका नौ जिल्लालाई कोरोनामुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ ।
मुख्य सचिव मोहम्मद सुलेमानलाई उदृत गर्दै प्रदेश अन्तर्गतका नौ जिल्लालाई प्रदेश सरकारले कोरोनामुक्त जिल्ला घोषणा गरेको पीटिआई समाचार संस्थाले जनाएको छ ।
उहाँका अनुसार कोरोनामुक्त घोषित जिल्लाहरुमा बरवानी, अगर मलवा, शाजपुर, शेओपुर, अलिराजपुर, हार्डा, शाहडोल, टिकमगढ र बेटुल रहेका छन् ।
गएको शुक्रबार बसेको समिक्षा बैठकले ती जिल्लाहरुको अवस्थाका बारेमा समिक्षा गर्दै कोरोनामुक्त जिल्ला घोषणा गरेको हो ।
ती जिल्लाहरुमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितहरु नदेखिएपनि कोरोनामुक्त जिल्ला घोषणा गरिएको उहाँको भनाई छ ।
राज्यभरी कोरोनाभाइरसको सङ्क्रमण भएको छ की छैन भनेर परिक्षण गर्ने क्रम अत्यधिक बढाइएको पनि सचिव सुलेमानले जानकारी दिनुभयो ।
उहाँले हिजो मात्रै थप पाँच हजार ८२२ जनाको स्वाब नमुना संकलन गरिसकिएको पनि बताउनुभएको समाचारमा उल्लेख छ । त्यस प्रदेशमा अहिलेसम्म ९३ हजार ८४९ जनाको नमुन परिक्षण गरिएको थियो ।