काठमाडौ, जेठ २ (हाकाहाकी)–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सबै सम्बन्ध तोड्ने चेतावनी दिनुभएको छ ।
राष्ट्रपति ट्रम्पले फाक्स विजनेशको एक अन्तर्वाता कार्यक्रममा बोल्दै कोरोना भाइरस महामारीको कारण आफू चीनसँग रिसाएको र सारा सम्बन्ध तोड्न सक्ने बताउनुभयो ।
पछिल्लो समय अमेरिकाले भाइरसका कारण आफ्नो देशमा भएको क्षतिका सम्बन्धमा चीनले क्षतिपुर्ति दिनुपर्ने दबाब दिइरहेको छ ।
चीनले महामारी लुकाउन कोसिस गरेको अमेरिकाको आरोप छ । तर चीनले भने यसलाई अस्विकार गर्दै आएको बिबिसिले जनाएको छ ।