काठमाडौ, जेठ २ (हाकाहाकी)– कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा मृत्यु हुने व्यक्तिको संख्या ३ लाख नाघेको छ ।
विश्वभरमा ४४ लाख २० हजार जनाको कोरोना भाइरसबाट संक्रमित भएका जोन हप्किन्स् न्युनिभर्सिटीले जनाएको छ ।
विश्वमा हालसम्म यस रोगबाट १५ लाख ८० जना भने निको भएका जनाइएको छ ।
विश्वमा ४४ लाख २६ हजार ९३७ कोरोना भाइरस संक्रमित रहेका र ३ लाख १३ हजार ३७० को यस भाइरस संक्रमणबाट मृत्यु भएका छन् । कोरोना भाइरसको प्रकोप अमेरिकामा सबैभन्दा बढी देखिएको छ । अमेरिकामा बुधबारसम्म १४ लाख १३ हजार भन्दा बढीलाई कोभिड १९ को संक्रमित भएका छन् ।
यस संक्राणबाट भने ८५ हजार ५८१ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठन (डूब्लुएचओ) का आपतकालीन विभागका प्रमुख डा.माइक रायनले बताउनु भएको छ ।