Thursday, November 7, 2024

वायुसेवा निगमको वाइडबडी जापानी नागरिक लिएर नारिता उड्यो

काठमाडौ, जेठ २ (हाकाहाकी)–नेपाल वायुसेवा निगमको वाइडबडी विमानले आज जापानको नारिता अन्तर्रा्ष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ ।

नेपालमा रोकिएका केही जापानी नागरिक र बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले उडान गर्न लागेको हो ।

निगमको वाइडबडी जहाज २ सय ५० यात्रु लिएर राति ९ बजे नारिता उड्ने तालिका रहेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो।

काठमाडौं–नारिताको उडान करिब साढे सात घण्टाको हुनेछ । निगमले यो महिनामात्रै जापानमा तीन वटा चार्टर्ड उडान गर्दैछ । आउँने मे १७ र २२ मा पनि नारितमा चार्टर्ड उडान गर्दैछ । निगमका तीनवटै चार्टर्ड उडानका जहाज नेपाल फर्कँदा भने रित्तै हुनेछन् ।

यस अघि जारी सबै सवारी पास शनिबारदेखि रद्द
काठमाडौ, जेठ २ (हाकाहाकी)– सरकारले भोली शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ ।

हिजोदेखि एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द गरेको सरकारले भोली शनिबारदेखि भने जिल्लाभित्रै पनि यसअघि वितरित पासलाई मान्यता नदिने निर्णय गरिएको हो ।
जेठ ३ गतेदेखि लागू हुने गरी यसअघि जारी भएका कुनैपनि पासले मान्यता नपाउने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो ।

कारोनाभाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनलाई थप कडा बनाउन वितरित पास अमान्य बनाएको हो । नेपालमा हालसम्म २६७ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार