Thursday, November 7, 2024

सेनाले खरिद गरेका स्वास्थ्य सामग्री खासा आइपुग्यो

काठमाडौ, जेठ २ (हाकाहाकी)– सरकारको निर्देशन अनुसार नेपाली सेनाले चीनबाट जिटुजी प्रक्रियामार्फत खरिद गरेको १० कन्टेनर सामान खासामा आइपुगेको छ ।

कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामग्री आज योे स्थानबाट तातोपानी नाका हुँदै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले भेलिसम्म काठमाडौँ पठाइने तयारी भएको बताउनुभयो । सेनाले यो प्रक्रियामार्फत ६७ थरीका स्वास्थ्य सामग्री खरिद गरेको थियो। केही सामान विमानमार्फत ल्याइने जनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार