Thursday, November 7, 2024

सिन्धुपाल्चोकमा बाहिरको तरकारी र फलफुल लैजान रोक

काठमाडौ, जेठ २ (हाकाहाकी)–सिन्धुपाल्चोकमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक लगाइएको छ ।
कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम हुने भन्दै बाहिरी जिल्लाबाट आउने तरकारी र फलफूल ल्याउन रोक लगाएको हो ।

आयातमा रोक लगाएसँगै जिल्ला भित्रने नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

स्थानीय रूपमै उत्पादन गरिएका तरकारी तथा फलफूललाई बजारमा ल्याउने र समन्वयका लागि स्थानीय तहलाई जिम्मा दिने निर्णय गरिएको ढकालले बताउनुभयो ।

बाहिरबाट आउने तरकारी आयातमा रोक्दा जिल्लामा अभाव नहुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, सिन्धुपाल्चोकका वरिष्ठ कृषि अधिकृत प्रकाश पौडेलले बताउनुभयो ।

उहाँले वितरण प्रणाली कमजोर भएका कारणले कुन पालिकामा आवश्यकताभन्दा बढी सञ्चय भएको छ र कुन पालिकामा अपुग भएको छ, त्यसको लेखाजोखा गरी समन्वय गर्दा समस्या नआउने बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार