काठमाडौ, जेठ २ (हाकाहाकी)– कोरोना भाईरसविरुद्ध लड्न अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले ८ सय मिलियन पाउण्डको कोष स्थापना गरेको छ ।
आईओसीको बोर्ड बैठकले कोरोनाविरुद्ध लड्न ८ सय मिलियन पाउण्डको कोष स्थापना गर्ने निर्णय गरेको हो ।
बैठकपछि आईओसीका अध्यक्ष थोमस वाचले खेल संगठनका लागि कोष स्थापना गर्नु आईओसीको कर्तव्य भएको बताउनुभयो ।
कोषको रकममध्ये ६ सय ५० मिलियन पाउण्ड आईओसीका स्थगित खेलका लागि प्रयोग गरिने छ । बाँकी १ सय ५० मिलियन भने ओलम्पिक मुभमेन्ट, अन्तर्रा्ष्ट्रिय फेडेरेसन, राष्ट्रिय संघ र आईओसीसँग सम्बन्धित संस्थाहरुलाई प्रदान गरिने छ ।
विश्व खेलकुदको कुम्भमेला ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।