काठमाडौ, जेठ २ (हाकाहाकी)– शुक्रबार १८ जना नयाँ संक्रमित थपिएसँगै कोरोनाका बिरामीको संख्या २ सय ६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यका भित्र र बाहिर गरी शुक्रबार १८ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयले बिहान ९ जना र साँझ ९ जना बिरामीको पुष्टि गरेको हो ।
शुक्रबार थपिएका बिरामीमध्ये ८ जना बाँके, ४ जना पर्सा, ३ जना दाङ, १ जना उदयपुर, १ जना सतुङगल काठमाडौं र १ जना मकवानपुका छन् । काठमाडौ, भेरी अस्पताल र नेपालगन्जमा गरिएको परिक्षणमा नयाँ संक्रमित थपिएका हुन् ।
सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । निको भएर ३६ जना घर फर्किइसकेका छन् ।