Thursday, November 7, 2024

फ्रान्समा कोरोना संक्रमित संख्या घटनेक्रममा

काठमाडौ, जेठ १ (हाकाहाकी)–फ्रान्समा कोरोना भाइरसको संक्रमितहरुको संख्या घट्दै गएको देखिएको छ । त्यहाँका अधिकारीहरुले यसलाई नियन्त्रण उन्मुख भएको बताएका छन् ।
फ्रान्समा पछिल्लो २४ घण्टामा जम्मा ८३ त्रियासि जनाको मात्र निधन भएको छ । त्यहाँ गएको दुई दिन देखि लगातार रुपमा मृतकको संख्या घटेको हो । एएफपी समाचार संस्था अनुसार गएको मंगलबार ३४८ जनाको ज्यान गएको थियो । तर त्यसपछि हिजो र आज पनि यो संख्यामा कमी आएको छ । यो अवस्थालाई फ्रान्सका अधिकारीहरुले खुशीको खबर भनेका छन् ।

अधिकारीहरुले पछिल्लो समयमा फ्रान्समा जारी रहेको कडा लकडाउनका कारण त्यहाँको अवस्थामा सुधार हुन लागेको बताएका छन् । साथै यस हप्ता अस्पतालमा भर्ना हुने नागरिकको संख्यामा पनि नाटकीय रुपमा कमी आएको समाचारमा बताइएको छ ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार अस्पताल भर्ना हुने संक्रमितको संख्या यो हप्ता घट्दै गएको छ । यो समाचार तयार पार्दासम्म फ्रान्समा कोरोना संक्रमणबाट १ लाख ७८ हजार संक्रमित भएका छन् । साथै त्यहाँ यो संक्रमणबाट कुल मृतकको संख्या २७ हजार ७४जना पुगेको छ ।

फ्रान्समा मृतक संख्या पनि क्रमिक रुपमा घट्दो छ । उपचार पछि निको भएर फर्किएकाको संख्या ५८ हजार ६७३ रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार